७ असार २०८३, आईतवार
,
Latest
राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो



अ+ अ-

म्याग्दी ।खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग गरी खेती गर्न सुरुआत गरिएको छ । 

अर्मनमा विशेष गरी सुन्तला खेतीमा मानवमूत्रको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । गाउँबाट गत वर्ष करिब रु ५० लाखको सुन्तला बिक्री गरिएको र यस वर्ष उत्पादन राम्रो भएकाले करिब रु ८० लाखको बिक्री गर्ने लक्ष्य रहेको अर्मन सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष धनबहादुर रोकाले जानकारी दिनुभयो । पोखराबाट गाउँमै आएका व्यवसायीले विभिन्न समयमा गरी उक्त सुन्तला खरिद गरेका हुन् । अर्मनमा करिब ५० घरधुरी कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । उहाँले आफ्नो सुन्तलाबारीबाट गत वर्ष रु दुई लाख २७ हजारको सुन्तला बिक्री भएको र अहिले गत वर्षको भन्दा राम्रो फलेकाले करिब रु तीन लाख आम्दानी हुने अनुमान गरेको बताउनुभयो ।

अध्यक्ष रोकाका अनुसार गत वर्ष आरुखोलाका धनबहादुर छन्त्यालले रु एक लाख ५७ हजार, अर्मनका प्रेमबहादुर रोकाले रु एक लाख ४३ हजार, मठबोटका रविलाल छन्त्यालले रु एक लाख ७८ हजार, टेकबहादुर श्रीसले रु एक लाख २२ हजार र मठबोटकै दिलबहादुर छन्त्यालले रु एक लाख एक हजारको सुन्तला बिक्री गरेका थिए । यस वर्ष सबै किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गर्ने उहाँले जानकारी दिनुभयो ।

सुन्तला बगैँचामा मलको रुपमा मानवमूत्रको प्रयोग गरेपछि गत वर्षको भन्दा यस वर्ष दोब्बरले सुन्तला उत्पादन वृद्धि भएको मङ्गला गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका खोलखर्कका सुन्तला उत्पादक कृषक रत्नबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सुन्तला उत्पादन राम्रो भएपछि बर्सेनि यहाँका कृषकले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती विस्तार गर्न थालेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्ला मै पहिलोपटक अर्मनमा तीन वर्ष अघि २०७५ सालदेखि मानवमूत्र सङ्कलन गर्न सुरुआत गरिएको थियो । अहिले यो अभियान उपलब्धिमूलक बनेको कार्यपालिका सदस्य विश्वकर्माले बताउनुभयो । “अर्मनको शिशुकल्याण माविमा सङ्कलन गरिएको मानवमूत्र प्रतिलिटर रु २५ मा खरिद गरी सुन्तला खेतीमा प्रयोग ग¥यौँ यसले उत्पादन राम्रो दियो सबै कृषक खुसी छौँ”, उहाँले भन्नुभयो । यसका साथै प्रत्येक घरघरमा पनि मानवमूत्र सङ्कलन गरिँदै आइएको छ । सुन्तला खेतीबाट प्रशस्त आम्दानी हुन थाले पछि यहाँका कृषक थप उत्साहित बनेका छन् । समुद्री सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाई मङ्गला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषण गरी विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ । रासस