काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काभ्रे जिल्ला अध्यक्षमा टुल्कु लामा पुनः दोहोरिएका छन् ।
बनेपामा सम्पन्न अधिवेशनले लामालाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै जिल्ला उपाध्यक्षमा गणेशलाल श्रेष्ठ, श्रीदास लामा, गंगामाया लामा, सचिवमा धनजित लामा र कोषाध्यक्षमा किरन श्रेष्ठसहित २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले गरेका थिए।











