७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलमा रहेका चन्द नेतृत्वका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको छः कार्यवाहक प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताउनु भएको छ । 

गृहमन्त्री समेत रहनु भएका उहाँले मुद्धा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पार्नु भयो । कार्यबहाक प्रधानमन्त्री खाँणले सो पार्टीका एउटै बन्दीलाई ६÷७ वटासम्म मुद्धा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भईरहेको जानकारी समेत दिनु भयो । उहाँले सो पार्टीको मुद्धा लागेका, बन्दी जीवन विताईरहेकाहरुको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताउनु भयो । 

सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाँणको भनाई थियो । उहाँले भन्नु भयो, ‘मुद्धा लागेकाहरुलाई चाँही कानुनी प्रक्रियाबाटै त्यो मुद्धा टुंगियोस्, फिर्ता लिन सकियोस् । र बन्दीहरु पनि प्रक्रियागत रुपमै मुक्त हुन भन्ने हाम्रो चाहना छ । त्यसका लागि अहिले गृहकार्य भएको छ । र एट्टोर्नी जनरलको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरु कति जना बन्दी हुनुहुन्छ ? र उहाँहरुको कानुनी अवस्था चाँही कस्तो छ ? र उहाँहरुलाई पनि हामीले भनेका छौं–कानुनी अवस्था कस्तो छ, कति जना हुनुहुन्छ ? कहाँकहाँ हुनुहुन्छ ? त्यसको बारेमा अव स्पेसिफिक रुपमा छलफल गरौं । 

 र बन्दीभन्दा पनि मुद्धा धेरै रहेछ । एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्धा पनि छ । कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौंको नाम जोडिएको हुन्छ । यसले गर्दाखेरी बन्दी भन्दा मुद्धा धेरै रहेछ । त्यसलाई हामीले अव कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौ हामी । सरकार सबै राजनीतिक पार्टीहरुसँग सम्वाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएरै शान्ति स्थापना गर्न प्रतिवद्ध छ ।’

कार्यबहाक प्रधानमन्त्री खाँणले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिईरहेको पनि बताउनु भयो ।