७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेलकम इभेन्ट म्यानेजमेन्टको दुईदिने विवाह उत्सव प्रदर्शनी



अ+ अ-

काठमाडौं ।  वेलकम इभेन्ट म्यानेजमेन्टले शुभकार्यकालागि आवश्यक पर्ने सामाग्रीहरुको दुईदिने प्रदर्शन गरेको छ । वेलकम ग्रुपको मूख्य कार्यालय पुरानो वानेश्वरमा सुरु भएको दुईदिने महोत्सवमा न्वारान, पास्नी, ब्रतबन्ध, शुभविवाह आदि कार्यमा आवश्यक पर्ने सामाग्रीहरु प्रदर्शनमा राखिएको छ ।


प्रदर्शनमा न्वारानका लागि आवश्यक पर्ने चाँदि थाल, कचौरा, पास्नीमा आवश्यक पर्ने चौरासी व्यञ्जनका लागि आवश्यक पर्ने चाँदीको भाँडा, छाता झल्लर व्रतबन्धको लागि आवश्यक पर्ने डालो, धनुषबाण, डोली लगायतका सामाग्रहरु राखिएका छन् । 
यसैगरी विवाहका लागि मण्डप, पार्टीस्थल सजावट देखि फोटो तथा भिडियोको लागि नेपाली परम्परा  शैलीको जग्गे साहिपाटाको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु, बेहुला तथा बेहुलीको श्रृङगार, क्याटरिङ,बिभिन्न बाजा लगायतका सामाग्रीहरु प्रदर्शनमा राखिएका छन् ।

वेलकम इभेन्ट म्यानेजमेन्मटका प्रबन्ध निर्देशक नीता पौडेलले भन्नुभयो "नेपालीहरुको प्रमुख चाडपर्वको सिजन र विवाह, ब्रतबन्धको शुभ लगन सुरु हुने समयमा उपभोक्तालाई एकैठाउँबाट स्तरीय सेवा उपलब्ध गराउन प्रदर्शनको आयोजना गरेका हौँ ।" उहाँले भन्नुभयो "प्रदर्शनी मा उपस्थित हुनुभएका व्यक्तिहरुबाट प्राप्त हौसला र उत्साहले हामीलाई ठूलो प्रेरणा मिलेको छ ।"

बेलकम ईभेन्ट म्यानेजमेन्टले नेपालमा पहिलो पटक व्यवसायीक रुपमा यस्तो कार्यका लागि एकैठाउँबाट सेवा उपलब्ध गराउँदै आएको छ । दुईदिने प्रदर्शनीको रोटरिएन नविनिता रिजालले पञ्चेबाजाको मंगलधुन सहित रिबन काटेर शुभारम्भ गर्नुभएको थियो । प्रर्दशनी शनिबार सम्म जारी रहने छ ।