७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानेश्वरको मुल सडकमा पर्यो भ्वाङ (भिडियो रिपोर्ट)



अ+ अ-

काठमाडौं । काठमाण्डौको बानेश्वरको मुल सडकमा परेको भ्वाङ मंगालको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुग्नुभएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएको हुँदा खाल्डो भएको बताउनुभएको हो ।

प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको बताउनुभयो । उहाँले सवारीसाधहरुको चाप धेरै हुने सडक भएकोले तत्काल समस्याको समाधानका लागि पहल भइरहेको बताउँदै आउँदो एक हप्तामै काम सकिने जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत शाक्यले भन्नुभयो, ‘सडक भासियो भन्ने समाचार सञ्चारमाध्यममा आएपछि मंगालको वाल भत्किएको कारणले गर्दा र वर्षातको समयमा पानी धेरै आएर सबै भित्रभित्रै बगाएर खाल्डो भएको भन्ने कुरा देखियो, त्यसपछि हामीले तत्काल मंगालको काम शुरु गरेका छौँ, पहिले बनाइरहेको मंगालमा डन्डी नराखिएको, ढलान पनि नगरिएको कारणले गत वर्षात्को पानीमा धेरै पानी आएर वाललाई बगाएको भन्ने कुरा देखिएको छ, डन्डी पनि केही राखेर वाल बलियोसँग बनाउने, भित्र आरसीसी नै गर्ने भन्ने काम गरिरहेका छौँ, अब फेरि छिटो यस्तो समस्या नआओस्, सबै फिनिसिंग गर्दा एक हप्तामा काम सकिन्छ, नियमानुसार काम गरेनन् आ–आफ्नो किसिमले काम गरे, यस्ते समस्या आयो । गुणस्तर तरिकाले काम गर्दा दुःख कष्ट आउने थिएन ।’

प्रमुख कार्यकारी अधिकृत शाक्यले यसअघि मंगाल राम्रोसँग नबनाएकोले यो समस्या आएको भन्दै काम गर्ने ठेकेदार कम्पनीहरुले राम्रोसँग काम गर्नुपर्ने बताउनुभयो । उहाँले ढलानको काम गर्दा नियमानुसार नगरेको र आ आफ्नो तरिकाले काम गर्दा यस्तो समस्या झेल्नुपरेको बताउनुभयो ।