२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल प्रिभ्युः लगातार चौंथो जितको खोजीमा गुजरात, रोक्ला त हैदरावादले ?



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को २१ औं खेल अन्तर्गत हार्दिक पाण्ड्याको गुजरात टाइटन्स र केन विलियम्सनको सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ । गुजरातको टोलीले लगातार तीन खेल जितेको छ । भने अर्कोतर्फ पहिलो दुई खेलमा हैदरावाद पराजित भएको थियो । चेन्नई विरुद्धको जितपछि हैदरावाद गुजरातविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रनेछ ।

अर्कोतर्फ, गुजरातको टोली यो खेल जितेर अंक तालिकामा पहिलो स्थानमा पुग्न चाहन्छ । यस प्रतियोगितामा गुजरात एक मात्र टोली हो, जसले अहिलेसम्म कुनै पनि खेल हारेको छैन । यसका बाबजुद पनि यो टोली अंक तालिकाको शीर्ष स्थानमा पुग्न सकेको छैन ।

तीन खेलबाट ६ अंक जोडेको गुजरात अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । आठौं स्थानमा रहेको हैदरावादको समान खेलबाट दुई अंक छ ।

पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थानसँग ठूलो हार बेहोरेको थियो । यसपछि दोस्रो खेलमा पनि यो टोली लखनउसँग १२ रनले पराजित हुन पुग्यो । तेस्रो खेलमा हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै यो सिजनको पहिलो जित निकालेको हो । सुरुका दुई खेलमा टोलीको ब्याटिङ र बलिङ दुवै फ्लप भएपनि तेस्रो खेलमा ओपनर अभिषेक शर्माले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए ।

गुजरातको टोलीले यो सिजन सबै खेल जितेको छ । पहिलो खेलमा लखनउ विरुद्ध पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा दिल्लीलाई १४ रनले हरायो । तेस्रो खेलमा राहुल तेवाटियाले अन्तिम दुई बलमा छक्का प्रहार गर्दै पञ्जाबलाई ६ विकेटले जित दिलाएका थिए । गुजरातका लागि शमीले नयाँ बलमा राम्रो प्रदर्शन गरेका छन् र अहिलेसम्म ६ विकेट लिएका छन् । यस्तै, रन बनाउने जिम्मेवारी गिलले एक्लै सम्हालेका छन् । उनले तीन खेलमा १८० रन बनाएका छन् ।

गुजरात सम्भावित – ११
शुभमन गिल, म्याथ्यू वेड (विकेटकीपर) , साई सुदर्शन, हार्दिक पाण्डेय (कप्तान), डेभिड मिलर, राहुल तेवाटिया, अभिनव मनोहर, राशिद खान, लोकी फर्गुसन, मोहम्मद शामी, दर्शन नलकन्दे ।

हैदरावादका सम्भावित – ११
अभिषेक शर्मा, केन विलियम्सन (कप्तान) , राहुल त्रिपाठी, एडेन मार्कराम, निकोलस पूरन (विकेटकीपर), शशांक सिंह, वाशिंगटन सुन्दर, भुवनेश्वर कुमार, मार्को जेन्सेन, टी नटराजन, उमरान मलिकरकार्तिक त्यागी ।




भर्खरै