२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व अधिकारीकोे जन्मजयन्ती मनाइयो



अ+ अ-

पोखरा । नेकपा (एमाले)का तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीको ५३ औँ जन्मजयन्ती मनाइएको छ ।

पोखरा महानगरपालिका वडा नं १८ राष्ट्रिय विभूति तथा शहिद पार्कमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा भएको श्रद्धाञ्जली सभामा एमाले स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले स्व अधिकारीको योगदानको चर्चा गर्दै एक कुशल सङ्गठक तथा विकासका अभियन्ता भएको बताउनुभयो ।

स्व अधिकारी जस्तोसुकै कठिनाइमा पनि उत्कृष्ट र सहि निर्णय लिन सक्ने तथा विचारको सही प्रवाह गर्नसक्ने नेताका रुपमा उहाँले चित्रित गर्नुभयो । एमालेका पोलिटब्यूरो सदस्य जगत विश्वकर्माले एउटा सङ्गठन र देश प्रति प्रतिवद्ध सशक्त युवा नेतालाई अल्पायुमै गुमाउनु पर्दा राष्ट्रले नै क्षति भोग्नुपरेका बताउनुभयो ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य विद्या भट्टराईले स्व अधिकारीको नाममा अक्षयकोष स्थापनाको काम शुरु भएको र त्यसबाट प्राप्त रकमबाट बर्षेनी विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने जानकारी गराउनुभयो ।

सो अवसरमा ‘संसदमा रवीन्द्र’ नामक पुस्तक प्रकाशन गर्ने लक्ष्य राखिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगित गर्नुपरेको र निर्वाचन लगत्तै सो काम शुरु गरिने उहाँले बताउनुभयो ।

एमाले कास्कीका नेता दामोदर बैरागी, प्रतिष्ठानका सचिव पुष्पज्योति ढुङ्गाना, प्राध्यापक डा भरतराज पहारी, एमाले पोखराका नगर प्रमुख पदका उम्मेदवार कृष्ण थापा लगायतले स्व अधिकारीले राजनीतिक विकास र समाज विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।