© 2023
म भर्खर संगीतमा पाइला चाल्दै थिएँ। मैले भारतीय गायिका आशा भोसलेबारे प्रशस्तै सुनेको थिएँ । उहाँको बारेमा आफू पनि सोधखोज गर्थें । उहाँ काठमाडौँ आउनु भएको खबर पाएँ । २०३७ सालतिरको कुरा हो । संयोगले एक दिन आशा दिदी र सुप्रसिद्ध भारतीय संगीतकार आरडी बर्मन न्यूरोडको बिशालबजारमा किनमेल गर्न लागेको