© 2023
काठमाडौँ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। आजदेखि भृकुटीमण्डपमा सुरु भएको २७औँ फ्लोरा एक्स्पो–२०८२ को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्मार्ट पुष्प व्यवसायका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिसकेको जानकारी दिए।