२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाड क्रिकेटः भारत र अफगानिस्तान फाइनलमा भिड्ने



अ+ अ-

काठमाडौं: एसियाली खेल अन्तर्गत चीनको हाङझाउमा जारी एसियाड क्रिकेटको फाइनलमा भारत र अफगानिस्तान प्रवेश गरेका छन् ।

आज सम्पन्न दुई सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई र अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेका थिए ।

नवप्रवेशी अफगानिस्तानले पाकिस्तानलाई २० ओभरको खेलमा ४ विकेटले पराजित गरेको थियो । पाकिस्तानले प्रस्तुत गरेको ११६ रनको लक्ष अफगानिस्तानले १७.५ ओभरमा ६ विकेट गुमाएर प्राप्त गरेको थियो ।
अफगानिस्तानका गुलबादिन नाइबले १९ बलमा २६ रन बनाउँदै टिमलाई फाइनलमा पुर्‍याएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानको टिम १८ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएको थियो । पाकिस्तानका लागि ओमार युसुफले सर्वाधिक २४ रनको योगदान गरेका थिए ।

अफगान बलरहरु गुलबादिन नाइबले १, फरीद अहमदले ३, क्वाइस अहमदले २, जहिर खाँले २ तथा करिम जनतले १ विकेट लिएका थिए ।

भारत–बंगलादेश

यस्तै भारत र बंगलादेश बीचको निरश खेलमा भारत विजयी भयो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ९ विकेटको क्षतिमा ९६ रन मात्र बनाएको थियो । बंगलादेशलाई सस्तैमा आउट गर्नेक्रममा भारतीय बलर साई किशोरले ३, वासिङटन सुन्दरले २, अर्सदिप सिंह, तिलक बर्मा, रवी बिस्नोई र शहबाज अहमदले समान एकएक विकेट लिएका थिए ।

जितका लागि ९७ रनको चुनौती पाएको भारतले एक विकेटको क्षतिमा ९.२ ओभरमै लक्ष प्राप्त गरेको थियो । भारतका लागि कप्तान रुतुराज गायकवाडले ४० तथा तिलक बर्माले ५५ रन बनाएका थिए ।

भारतले एकमात्र विकेट यशस्वी जयसवालको गुमाएको थियो । उनी शून्यमै आउट भएका थिए ।