२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

काडिजसँग बार्सिलोना पराजित



अ+ अ-

म्याड्रिड । स्पेनी ला लिगामा शनिबार काडिजको हातबाट बार्सिलोना २–१ को गोल अन्तरले पराजित भएको छ । काडिजका लागि अल्भारो नेग्रेडोले निर्णायक गोल गरे । यो सिजन बार्सिलोनाको लिगमा चौथो हार हो र यससँगै टिम १० खेलबाट १४ अंकमा सीमित रह्यो । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग १२ अंकको दूरी हो ।

एटलेटिकोले भने अर्को खेलमा रियल भालाडोलिडलाई २–० ले हरायो ।

थोमस लेमार र मार्कोस लोरेन्टले गोल गरे । एटलेटिकोको यो लगातार सातौं जित हो र उसको १० खेलबाट २६ अंक भएका छ । शनिबारको अर्को खेलमा रियल म्याड्रिडले सेभियालाई १-० ले हरायो ।