२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ सम्पन्न



अ+ अ-

काठमाडौं । दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भएको छ । २०७१ सालमा स्थापना भएको डोजाङको यो सातौं ग्रेडिङ हो । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जानकारी दिनु भएको छ ।

दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी भएका थिए । बाँकी जुनियर खेलाडी थिए । डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो संघमा पठाउने भएको छ । जिल्लाले नेपाल तेक्वान्दो संघ र तेक्वान्दो संघले दक्षिण कोरियास्थित कुकिवनमा पठाउने प्रमुख प्रशिक्षक खत्रीले जानकारी दिनुभयो । खेलाडीले प्रमाण पत्र कुकिवनबाट पाउने बताइएको छ ।