२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिवंगत म्याराडोनामाथि मेसीको भावपूर्ण श्रद्धाञ्‍जली



अ+ अ-

म्याड्रिड । आइतबार स्पेनी ला लिगामा बार्सिलोनाले ओसासुनालाई सजिलै ४–० ले हरायो र त्यसमा लियोनल मेसीले दिवंगत डिएगो म्याराडोनामाथि भावपूर्ण श्रद्धाञ्‍जली प्रकट गरेका छन् । टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका मेसीले दोस्रो हाफमा व्यक्तिगत उत्कृष्ट गोल पनि गरे ।

बार्सिलोनाका लागि मार्टिन ब्रेथ्वाइट, एन्टोन ग्रिजमन र फिलिपे कोउटिन्होले पनि गोल गरे । मेसीले भने चौथो गोल गरेयता आफ्नो बार्सिलोनाको जर्सी फुकाले र आफ्नो घरको क्लब न्युवेल्स ओल्ड ब्वाइजको रातो तथा कार्लो धर्के जर्सी प्रदर्शन गरे । त्यो १० नम्बर अंकित थियो ।

सन् १९९३ मा म्याराडोनाले छोटो समयका लागि यस रोसारियो क्लबबाट पनि खेलेका थिए । खेल अगाडि क्याटलान क्लब आफैले म्याराडोनाप्रति श्रद्धाञ्‍जली व्यक्त गरेको थियो र यसक्रमा एक मिनेटको मौन धारण पनि राखिएको थियो । म्याराडोनाले सन् १९८२ देखि १९८४ सम्म बार्सिलोनाका लागि खेलेका थिए ।