२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा महासचिवविरुद्ध गणेश थापाले साइबर ब्युरोमा दिए उजुरी



अ+ अ-

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध झुठो आरोप लगाएको भन्दै एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् ।

अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको भन्दै थापाले नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा कानुनबमोजिम छानविन गरी कारवाहीका लागि आइतबार उजुरी दिएको बताएका छन् ।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, “अखिल नेपाल फुटबल सघंका महासचिव किरण राईले शनिबार एक टेलिभिजन अन्तर्वार्तामा ममाथि अत्यन्तै गम्भीर आरोप लगाउनुभएको विषयमा मैले उहाँलाई ती झुठा त तथ्यहिन आरोपहरू सच्याउन र आत्मालोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर म कानुनी कारबाहीको प्रक्रियामा गएको जानकारी गराउन चाहन्छु ।”

साइबर ब्युरोमा थापाको जाहेरीको दर्ता नम्बर ११५८९ रहेको छ । राईले अन्तर्वार्तामा भनेअनुसार आफूले ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानबिन गरी आफू दोषी भए कानूनअनुसार कारवाही भोग्न तयार रहेको प्रतिबद्धता थापाले व्यक्त गरेका छन् ।