२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटना: रवीन्द्र र दुर्गा सहित २४ जनालाई ७ दिन म्याद थप



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र ‘संयुक्त जनआन्दोलन समिति’ का ‘कमाण्डर’ दुर्गा प्रसाईं सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो।

उहाँहरूलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भने २० दिनको म्याद मागेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि वैशाख १० गते तीन दिन मात्रै म्याद थप भएको थियो । गत चैत १५ गते भएको उक्त घटनामा पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ । घटनामा ८५ जनालाई पक्राउ गरिएकामा २१ जना हाजिर जमानीमा छुटेका छन्भने ६४ जनामाथि अनुसन्धान भइरहेको छ । तीमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । बाँकीलाई भने आपराधिक उपद्रव र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ ।

यस अघि न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा बयान दिँदै मिश्रले भन्नुभयो ‘आमसभामा गएको व्यक्तिको नाकै अघि अश्रुग्यास खसेपछि ध्यान गरेर बस्ने ? ’ उहाँले प्रश्न गर्नुभयो  ‘आन्दोलनकारी छरिएर बसेको देखेपछि मैले अघि बढ्नुस् भनेँ । अघि बढ्नुस् भन्नुको अर्थ प्रहरीको घेरा तोड्नु होरु संसदमा आगो लगाउनु होरु के मैले कसैको घरमा आगो लगाउनुस भनेँ ? ’

आन्दोलनमा गएको नेताले बोल्ने उल्लेख गर्दै उहाले आफुले कुनैपनि हिंसाका लागि नउक्साएको बताए । आफुलाई प्रतिशोध राखेर हिरासतमा राखिएको उहाको भनाइ छ । ‘पञ्चायतमा अरराष्ट्रिय तत्व भनेर हिरासतमा राखिन्थ्यो । गणतन्त्रमा आस्था लिएकै आधारमा बन्दी बनाएर हिरासतमा राखियो,’ उहाँले भन्नुभयो ।