२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासले गृहमन्त्रीलाई ‘काफिला’ लुट्दा मौन बस्ने कायर ‘रहबर’को रुपमा सम्झिनेछ: रास्वपा सांसद शाह



अ+ अ-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले गृहमन्त्री रमेश लेखकलाई इतिहासले ‘काफिला’ लुट्दा मौन मस्ने कायर ‘रहबर’को रुपमा सम्झिने टिप्पणी गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकार भिजिट भिसा प्रकरणको छानविन गर्नुको सट्टा मुखदर्शक बनेर बसेको समेत आरोप लगाउनु भयो । भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने हरेक पात्रहरुलाई कानूनअनुसार कारबाही हुनुपर्ने उहाँको भनाइ छ । भिजिट भिसामार्फत ठगिएका नेपाली नागरिकलाई न्याय दिलाउनको लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न समेत उहाँले माग दोहो¥याउनु भयो ।

उहाँले उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले यही सदनमा भन्नुभएको थियो कुनै मन्त्रीमाथि प्रश्न उठे नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । आज उहाँमाथि प्रश्न उठेको छ । आज उपदेश नभई आचरण देखाउने समय हो । नत्र इतिहासले उहाँलाई काफिला लुट्दा मौन बस्ने कायर रहबरको रुपमा सम्झिनेछ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै रास्वपाले संसदमा सिर्जनात्मक विरोध गर्दै आएको छ ।