२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणः छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, संसद अवरोधबाट पछि नहट्ने



अ+ अ-

काठमाडौं । भिजिट भिसाको विषयमा छानबिन गर्न सोमबार मन्त्रिपरिषदले गठन गरेको छानबिन समितिप्रति रास्वपाले असन्तुष्टि जनाएको छ ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा तथा छानबिन समितिको माग गर्दै जेठ १३ गतेदेखि संसद् अवरोध तथा बहिष्कार गर्दै आएको छ । छानबिनमा तानिनुपर्ने गृहमन्त्री आफैँले प्रस्ताव लगेर समिति गठन भएको भन्दै रास्वपाले आपत्ति जनाएको हो ।

छानबिनको माग गरिएको पार्टीसित कुनै पनि छलफल नगरीकन एकतर्फी रूपमा बनाइएको समितिले निष्पक्ष कार्यसम्पादन गर्न नसक्ने रास्वपाका प्रवक्ता मनिष झाले बताए । उनले भने ‘गृहमन्त्री आफैँ आरोपित हो । एउटा आरोपितले आफूमाथि छानबिन गर्न आफैँले समिति बनाउने कुरा सुनपानी छर्किनका लागि गरिएको प्रपञ्च मात्र हो । हामी यसलाई स्वीकार गर्दैनौँ ।’

यस्तै, आजको प्रतिनिधिसभाको बैठकमा पार्टीको अडान परिवर्तन नहुने पार्टीका उनले बताए । आजको संसद बैठकमा बजेट पारित गर्ने कार्यसूची छ । यो प्रक्रियामा पार्टीको सहभागिता नरहने उनले बताए ।

अहिले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिन रास्वपाले पार्टी संसदीय दलको अनौपचारिक बैठक बसिरहेको छ ।