२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा एमाले सांसद राईको प्रश्नः ‘पीएसओ सबैसँग किन? चौकी खाली छ !’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाउनुभएको छ ।

बुधवार सिंहदरबारमा “नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबैसँग पीएसओ भएको बताउँदै प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेको बताउनु भयो । उहाँले दौरा शुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो । उहाँले पूर्व तथा निःवर्तमान प्रहरीका आइजिपी र एआइजीको घरमा समेत प्रहरीहरूलाई कामकाजमा राखिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सेवा निवृत्त भएका प्रहरी अधिकारीले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको खिलाफमा रहेको बताउनुभयो । उहाँले आफूहरूले जनतालाई सुशासन दिनुपर्ने बताउँदै जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “गृहमन्त्रीज्युलाई मेरो एउटा निवेदन गर्न प¥यो । यो पीएसओ भनेको के हो मैले बुझिन । सबैसँग छ अहिले हेर्नुस् । सबैले पुलिस लिएर कुदेको कुद्यै छ । चौकी खाली छ । के भएर यस्तो भएको हो ? सबै मान्छेसँग पीएसओ । जो दौरा सुरुवाल लगाएको छ, उसैसँग पीएसओ । यो के भएर यस्तो हुन्छ ? मैले बुझ्दै छु, हिजोका आइजिपी भएको, हिजो एआईजी भएको घरमा पनि राखिएको छ । यसो गर्नु हुँदैन । यो लोकतन्त्रको खिलाफमा छ । जनतालाई हामीले सुशासन दिने हो । जनताले देख्ने गरी काम गर्नुप¥यो ।” 

उहाँले प्रहरीहरूले सांसदको लोगो लगाउँदा पनि नचिनेको भन्दै गुनासो गर्नुभयो ।