२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडमा भएको चलखेल क्षम्य छैनः शेखर कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य गर्न लायक नरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको बताउनु भयो ।  संसदको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभइ अक्षम्य अपराध भएको बताउनु भयो ।

गलत काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानूनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी  व्यवस्था गरीएको छ । यसको चौतर्फि आलोचना भइरहेको छ ।

सांसद कोईरालाले भन्नुभयो, ‘राजनीति केही छँदै छैन भनेपनि हुन्छ । हामी कति गन्धा खेल खेलिरहेका रहेछौँ भने तपाईंको संसदको समितिबाट सर्वसम्मतबाट पास हुन्छ । संसदमा आउँदा त्यहाँ हेरफेर हुन्छ । त्यो त सरासर भन्नुपर्दा अपराधिक काम हो । को दोषी हो त्यो भन्न सकिँदैन । तर जो पनि दोषी हुन्, तिनीहरुलाई कुनै पनि हालतले क्षम्य गर्न हुँदैन । यसरी गर्न थालियो भने देश कता जान्छ ? हामीले राजनीतिक गरिरहेका छैनौँ । राजनीति गर्ने क्रममा अलिकति पनि निष्ठावान भएको भए यस्तो काम हुँदैन थिए । गल्ती होइन यो अपराध हो । यो अपराध हो । संसदीय समितिबाट एउटा कुरा पास हुन्छ, त्यसपछि टोलमटोल गर्ने । जसले गरेको भएपनि त्यो क्षम्य हुन सक्दैन । हामी त्यस अवस्थामा सांसदहरु छन् । हाम्रा पनि कमी कमजोरी छन् । हामी पढ्ने बानी त राख्दैनौँ । बाँड्ने क्रममा थपिएको हो की ।’

सांसद कोईरालाले राजनीति गर्ने क्रममा निष्ठावान हुन जरुरी रहेको बताउनु भयो । अहिले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालाई ठिक बनाउन राजनीति नै सबैको गुरु भएको बताउनु भयो । नेपालका राजनीतिज्ञहरु नै ठिक नभएको बताउँदै राजनीति ठिक हुनु जरुरी रहेको बताउनु भयो ।