१६ असार २०८३, मंगलवार
,
Latest
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि खोपको चर्चा, चीनले पनि बनायो कोरोना विरुद्धको खोप



अ+ अ-

बेइजिङः अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोपमा निकै सकारात्मक नतिजा प्राप्त गरेको केही दिन नबित्दै चीनका अनुसन्धाताहरुले पनि खोप तयार पारेको र यो सुरक्षित रहेको दाबी गरेका छन् ।

न्यूयोर्क टाइम्समा छापिएको एक समाचार अनुसार ल्यान्सेटमा छापिएको एक रिपोर्टमा एक डोज खोप लगाएका व्यक्तिको दुई साताभित्रै प्रतिरोधी कोशिका निर्माण भएको उल्लेख छ । यो खोप १८ देखि ६० वर्षका १०८ जनामा प्रयोग गरिएको थियो ।

अमेरिकाको बोस्टनस्थित बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका खोप निर्देशक डा डानियल बारोचले चीनको अध्ययन निकै महत्वपूर्ण देखिए पनि त्यो प्रारम्भिक विवरण मात्र रहेको बताउनुभयो ।

डा बारोचको टोलीले पनि बाँदरमा एउटा खोपको परीक्षण गरेको र त्यसले पनि सकारात्मक नतिजा देखाएको उल्लेख छ ।