१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रिय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सो घोषणा गर्नुभएको हो । उहाँले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि प्रधानमन्त्री र राष्ट्रपति जस्ता उच्च पदमा पुगेको भएपनि अपेक्षित विकास हुन नसेको उहाँको भनाइ छ । उहाँले उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले स्थानीयका समस्याहरु संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको आरोप पनि लगाउनु भयो । उहाँले यस क्षेत्रमा रहेको खानेपानी र सडकको समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको पनि बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने तथा सानो आम्दानीका लागि विदेश जान बाध्य नहुनुपर्ने नागरिकको चाहना रहेको बताउँदै आफू निर्वाचित भए सोहीअनुसार अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पनि यो क्षेत्रले पायो, राष्ट्रपति पनि यो क्षेत्रले पायो । तर विकास केही पनि भएन । यहाँका जनताबाट चुनिएर गएका प्रतिनिधिहरुले यहाँका समस्याबारे संसदमा आवाज उठाएको पनि पाइदैन । यहाँ खानेपानीको समस्या छ, बाटोको मसस्या छ । अझ साँखुतिर तर एम्बुलेन्स जाने बाटो पनि छैन । नागरिकले शिक्षा, स्वास्थ्य निःशुल्क होस् । र ३०–४० हजारको लागि विदेश जान नपरोस् भन्ने मात्रै त चाहेका हुन् नि । मैले महिलाहरुलाई उद्यमशील तालिम दिने काम गर्ने मैले चुनाव हारेपनि यहाँका नागरिकसँग मैले जे जे वाचा गरेको थिएँ सबै पूरा गरेको छु । अहिले यो क्षेत्रले भूगोलबाहिरको उम्मेदवार नपाओस् भनेर कामना पनि गर्छु ।’

उहाँले महिलालाई उद्यमशीलता तालिम दिने कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै निर्वाचनमा पराजय भए पनि नागरिकसँग गरेका प्रतिवद्धता पूरा गर्दै आएको दाबी पनि गर्नुभयो ।