२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयमा सहमति हुन सकेन



अ+ अ-

जेनेभा। युक्रेन र रुसले जेनेभामा अमेरिकी मध्यस्थतामा भएको वार्तामा केही प्रगति भएको तर भूभागको मुख्य मुद्दामा कुनै सम्झौता नगरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकाले लगभग चार वर्षको युद्धको अन्त्यका लागि जोड दिइरहेको छ, जसले दशौँ हजारको ज्यान लिएको छ र पूर्वी र दक्षिणी युक्रेनको धेरै भाग नष्ट गरेको छ, तर मस्को र किएभबीच युद्धपछिको सम्झौतामा कसले कुन जमिन पाउँछ भन्ने विषयमा विवाद छ।

रूसले कुनै पनि सम्झौताको एक भागको रूपमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रणको लागि जोड दिइरहेको छ र यदि किएभ वार्ताको टेबलमा नआएमा बलपूर्वक लिने चेतावनी दिएको छ।

राजनीतिक र सैन्य रूपमा कमजोर युक्रेनले यो मागलाई अस्वीकार गरेको छ। रूसलाई फेरि आक्रमण गर्नबाट रोक्ने सुरक्षा सुनिश्चितता बिना सम्झौतामा हस्ताक्षर नगर्ने सङ्केत युक्रेनले गरेको छ।

“हामी देख्न सक्छौँ, केही आधारभूत काम भएको छ, तर अहिले नै सम्झौतामा पुग्ने कु्रा सजिलो छैन,” राष्ट्रपति जेलेन्स्कीले वार्ता सकिएपछि एएफपी लगायतका पत्रकारहरूलाई दिएको जानकारी मा उल्लेख छ। उहाँले भन्नुभयो, “अमेरिकाको मध्यस्थतामा दुवै पक्ष युद्धविराम अनुगमन संयन्त्रसँग सम्बन्धित ‘लगभग सबै मुद्दाहरू’ मा सहमत भएका छन् ।

यद्यपि, युक्रेनको पूर्वी क्षेत्रमा कब्जा गरिएको क्षेत्रको भविष्य र रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको भविष्यको स्थितिसँग सम्बन्धित संवेदनशील मुद्दाहरू समाधान हुन बाँकी रहेका छन् ।” रुसी प्रतिनिधिमण्डलका प्रमुखले वार्ता ‘कठिन’ भएको र भविष्यका लागि थप वार्ताको योजना बनाइएको बताउनुभएको छ। रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गरेको थियो ।

यस द्वन्द्वको परिणामस्वरूप युक्रेनले व्यापक रूपमा आफ्ना उर्जा क्षेत्र लगायतका भौतिक संरचनालाई गुमाएको छ भने हजारौँ नागरिकको मृत्यु भएको छ र लाखौँ मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्।  (रासस/एएफपी)