१२ असार २०८३, शुक्रबार
,
Latest
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु



अ+ अ-

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्ग रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्रिपरले ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको थियो । महानगरीय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरले ट्रिपर तीव्र गतिमा रहेको र सडकबाट ५० मिटर तल आलुबारीमा खसेको जानकारी दिए ।