२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा संरक्षित छ भक्तपुरको हनुमान नाच



अ+ अ-

बागलुङ। भूपतीन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायमा अझै जीवितै छ ।

हनुमानको भेषमा सजिएका नेवारी युवाहरु हातमा लाठी समातेर विभिन्न १० सुर तथा तालमा नाचिरहेको दृश्यले धेरैलाई लोभ्याउँछ । यो दृश्यले भदौ यता निरन्तरता पाएको छ ।

हनुमानको अवतारमा एक हुल नेवारी समुदायका युवाहरु एक आपसमा लाठी ठोकेर पुच्छर घुमाउदै नाँच्दा बागलुङ बजार गुन्जयमान हुन्छ । तीन सय वर्षभन्दा बढी पुरानो हनुमान नाच नेवारी समुदायको जीवन्त इतिहासको रूपमा बागलुङमा देख्न पाइन्छ ।

विसं २०७३ भदौमा देखाइएको हनुमान नाच नौ वर्षपछि पुन देखाउन थालिएको हो । चैते दसैँको अवसरमा कालिका मन्दिर परिसरमा देखाइएको हनुमान नाच धेरैको आकर्षणमा परेको थियो । विसं २०८२ भदौबाट सुरु गरिएको हनुमान नाच अहिलेसम्म नौ पटक मञ्चन भइसकेको हनुमान नाच संरक्षण समिति बागलुङका प्रधानकजी इश्वर मलेपतीले बताउनुभयो ।

“माता सितालाई हरण गरिएको अवस्थाबाट उम्काएर ल्याउनका लागि गरिएको विधि, नाच, श्लोक प्रकृयालाई हनुमान नाचमा देखाइन्छ, भक्तपुरमा लोप हुन थालेको नाच बागलुङमा हामीले जीवितै राखेका छौँ”, मलेपतीले भन्नुभयो, “व्यापारको शिलशिलामा भक्तपुरबाट आएका नेवार समुदायले यो संस्कृति आफूसंगै ल्याएका थिए ।”

हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरी चोक, आवारोड, गलकोट हुँदै कालिका मन्दिर सम्म देखाइएको छ । यस हनुमान नाचको विषयमा शोधपत्र तयार पार्ने बागलङे चेली जमुना राजभण्डारीले सितालाई राणलाई हरण गरेपछि सितालाई हनुमानले फर्काउने शिलशिलालाई हनुमान नाचको ताल र सुरमा देखाइने बताउनुहुन्छ ।

तीन वर्ष, पाँच वर्ष, सात वर्षमा नाचिने हनुमान नाच यसपटक कोरोना महामारीलगायतका कारणले केही समय रोकिएको थियो । भक्तपुरका नेवार समुदाय विसं १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएका थिए ।

यो नाचमा कम्तीमा १३ र बढीमा १५ जोडी युवाहरु हनुमानको भेषमा सजिन्छन् । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रूपमा अगाडी सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो ।

बागलुङ नगरपालिका ३ नारायणचोकको भिमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत रूपमा हनुमान नाच शुभारम्भ हुने र टोल पुजा सकिएपछि विधिवत रूपमा हनुमान नाच अन्त्य गरिने परम्परा छ । उक्त नाच निकै खर्चिलो र नाच्नका लागि लामो समय लाग्ने भएकाले वर्षैपिच्छे देखाउन कठिन भएको नेवारी अगुवा बताउछन् ।

हिन्दु धर्ममा अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास छ । बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ ।  हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । रासस