अ
अ+
अ-
काठमाडौँ । आसन्न मनसुनलाई लक्षित गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ सहभागी रहेका छन्। साथै, गृहसचिव राजकुमार श्रेष्ठ तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता रहेको छ।
केही दिनभित्रै मनसुन सुरु हुने भएकाले सम्भावित बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाको पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ।
मनसुनको समयमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय र तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।
न्यूजपोलार
४ असार २०८३, बिहीबार १०:२६
न्यूजपोलार
४ असार २०८३, बिहीबार १०:२६
४ असार २०८३, बिहीबार १०:२६











