९ असार २०८३, मंगलवार
,
Latest
पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो अभिकर्ताहरुलाई सम्मान



अ+ अ-

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीले यही भाद्र १९ गते चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा आर्थिक बर्ष २०७५÷७६ मा महत्वपूर्ण योगदान पुर्याएका मूल्यवान एजेन्सी मेनेजरलाई सम्मान गरेको हो ।

कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागिय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका सञ्चालक समितिका सदस्य अश्वीनी कुमार ठाकुरले सम्पूर्ण सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले इन्स्योरेन्समा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने हुँदा अभिकर्तालाई यस कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकुल अभिकर्ता लक्षित गरी बिभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जानकारी दिए ।

सो अवसरमा सम्पूर्ण अभिकर्ताहरुलाई व्यवसाय अभिबृद्धि हुने प्रकारको उत्प्रेरणात्मक कार्यक्रम पनि अयोजना गरीएको थियो । कार्यक्रमले बिभिन्न घोषणाहरु पारित समेत गरेको छ ।