७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा ६२ जनामा डेङ्गु सङ्क्रमण



अ+ अ-

हेटौँडा । मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेको छ । ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन् । डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ ।

उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको छ । डेङ्गुका बिरामीको सङ्ख्या बढेपछि उपमहानगरपालिकाले डेङ्गु प्रभावित क्षेत्रमा लामखुट्टे मार्ने र सचेतनामूलक कार्यक्रम गरिरहेको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

हेटौँडामा विगत चार दिनदेखि जनचेतना जगाउँदै डेङ्गुको सङ्क्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, टोलटोलमा यसकाबारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्नेलगायतका काम गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुपेन्द्र कार्कीले बताए ।

वर्षासँगै डेङ्गु रोग फैलन सक्ने भन्दै उहाँले सचेत हुन र भाँडामा पानी जम्न नदिन स्थानीयवासीलाई आग्रह गर्नुभयो । एक हप्तासम्म भाँडोमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने चिकित्सकले बताएका छन् ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ । त्यसैका लागि चेतना दिन र पानीमा रहेका लार्भा तथा प्युपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न लागिएको प्रमुख कार्कीले बताए ।

गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ । उपमहानगरपालिका क्षेत्रमा यस्तो समस्या देखिएसँगै जिल्लाका अन्य क्षेत्रहरुबाट पनि बिरामीलाई डेङ्गुको आशङ्कामा स्वास्थ्यकर्मीहरुले हेटौँडा रेफर गर्ने क्रम बढेको बताइन्छ । तर ग्रामीण क्षेत्रहरुमा भने हालसम्म त्यस किसिमका प्रयास भएको पाइँदैन ।

लामखुट्टेबाट जोगिन र शङ्का लागेमा सम्बन्धित स्वास्थ्य केन्द्रमा गई उपचार गराउन प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले अनुरोधसहित सूचना समेत जारी गरेको छ ।




भर्खरै