७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसङ्घको आरोप



अ+ अ-

काठमाडौं । एउटा गोप्य राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको छ ।

विज्ञहरूको एउटा समूहले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्नेहरूसँग कम्तीमा ३५ वटा साइबर आक्रमण गरेर उक्त रकम चोरी गरेको दाबी गरेको हो ।

बीबीसीका अनुसार उसले उक्त रकम आफ्ना हातहतियार परियोजनाका लागि जुटाएको बताएको छ । उनीहरू भन्छन् उसले अवैध रूपमा पानीजहाजबाट पानीजहाजमा गरिने स्थानान्तरण र नरसंहारका हतियार खरिद गर्दै राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेको छ।

यस्तो विवरण सार्वजनिक भइरहेको बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको क्रम जारी छ। कोरियाली प्रायः द्वीपमा तनाव जारी छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार संयुक्त राज्य अमेरिका र दक्षिण कोरियालाई चेनावनी दिने उद्देश्यले नेता किम जङ-अनले पछिल्ला क्षेप्यास्त्र परीक्षणहरू गराएका हुन्।

समाचारहरूमा जनाइएअनुसार नेता किमले मङ्गलवार रणनैतिक महत्त्वका क्षेप्यास्त्र परीक्षणको अवलोकन गरेका थिए। त्यो दुई हप्ताको अवधिमा गरिएको चौथो परीक्षण हो।

त्यसमा किमले क्षेप्यास्त्र परीक्षणमार्फत् संयुक्त सैन्य अभ्यासमा जुटेका अमेरिका र दक्षिण कोरियालाई पर्याप्त चेतावनी गएको बताएका छन्।




भर्खरै