१ असार २०८३, सोमबार
,
Latest
भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग च्याम्पियन युभेन्टस अन्तिम खेलमा पराजित, साम्पडोरियाको उत्कृष्ट जित



अ+ अ-

काठमाडौं । इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्टस अन्तिम खेलमा पराजित भएको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा युभेन्टस साम्पडोरियासँग २–० गोलले पराजित भएको हो ।

रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टसले दबाब झेलेको थियो ।

साम्पडोरियाका ग्रिगोरी डिफ्रेलले ८४औं र जियानलुका क्यापरारीले इन्जुरी समयमा गोल गरेका थिए । च्याम्पियन युभेन्टसले अन्तिम खेलको हारसँगै ३८ खेलबाट ९० अंक बनायो । ५३ अंक बनाएको साम्पडोरिया नवौं स्थानमा रह्यो ।

दोस्रो स्थानमा रहेको नापोली ७९ अंक जोड्दै च्याम्पियन्स लिगमा यसअघिनै छनोट भईसकेको थियो । तेस्रो स्थानमा रहेको एटलान्टाले ३८ खेलबाट ६९ अंक बनायो । समान अंक बनाएको इन्टर मिलानले गोल अन्तरका आधारमा चौथो स्थानमा रहँदै च्याम्पियन्स लिग यात्रा तय गर्यो ।