१ असार २०८३, सोमबार
,
Latest
भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : आर्मीसँग प्रदेश एकको फराकिलो हार, सुशान भारीको ६ विकेट



अ+ अ-

काठमाडौंं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मी क्लबले प्रदेश एकलाई फराकिलो अन्तरले पराजित गरेको छ । आर्मीले प्रदेश एकलाई ११३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा सबै विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।

आर्मीका लागि राजेश पुलामी मगरले ५६ रन बनाउँदै टिमलाई उकासेका थिए । त्यस्तै, हरि चौहानले ४१ र कप्तान विनोद भण्डारीले ३० रन बनाएका थिए ।

बलिङतर्फ दिपेश कँडेलले तीन विकेट लिए ।

२०५ रनको लक्ष्य पछ्याएउदै ब्याटिङ गरेको प्रदेश एकले २६.५ ओभरमा सबै विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो ।

प्रदेश एकका लागि राजन मगरले २६, मुकुन्द यादवले १८ र रवि रोयले १० रन बनाएका थिए ।
बलिङतर्फ सुशान भारीले एक्लैले ६ विकेट लिए ।