२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसमविद् भन्छन् : बारा र पर्सामा आँधि आउन सक्ने पूर्वानुमान थियो !



अ+ अ-

काठमाडौँ । मौसमविदहरुले प्रदेश २ को बारा र पर्सामा आँधि आउन सक्ने पूर्वानुमान भए पनि पर्याप्त प्रविधि र मोडल नहुँदा आँधीको बेगबारे ‘अन्डरस्टिमेट’ गरिएको बताएका छन् ।

भारत सरकारले विहारमा आँधी आउन सक्ने भन्दै आफ्ना जनतालाई सचेत गराएको थियो । तर, नेपालमा भने मौसम विज्ञान विभागले यस्तो सर्तकता नअपनाएपछि आलोचना हुँदै आएको विभागले यस्तो प्रतिक्रया दिएको हो ।

‘मध्य र पूर्वी भूभागमा पाँच–सात सय प्रतिसेकेन्डको गतिमा हावाहुरी आउँछ भन्ने पूर्वानुमान हामीले गरेका थियौं, मौसमविद मीनकुमार अर्यालले भन,े तर यति शक्तिशाली होला भन्ने पूर्वानुमान गरेका थिएनौं ।’

बारा(पर्सामा आएको आँधीलाई दुर्लभ भन्दै मौसमविदले यो अनुसन्धानको विषय भएको बताएका छन् ।

यस्तो किसिमको घटना नेपालमा पहिलोपटक भएको भन्दै मौसमविदहरुका लागि अध्ययनको विषय रहेका अर्यालले बताए ।




भर्खरै