२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री विमलाविरुद्ध मीनाले दिएको जाहेरीमा के छ ?



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीले घरको बेडरुममै गएर आफू र छोरीलाई कुटपीट गरेको भन्दै मिना भण्डारी बस्नेतले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिएकी छन् ।

स्वास्थ्य राज्यमन्त्री विमलाविरुद्धको किटानी जाहेरी जिप्रकामा दर्ता हुने प्रहरीले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्री विमलाले आज बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् ।

राज्यमन्त्री वलीलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । कार्यालयमा अहिले कसैलाई पनि छिर्न दिइएको छैन । कार्यालयको सुरक्षा कडा पारिएको छ ।

उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर एकराज बस्नेतको घर पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा नभएको बताइएको छ ।

यस्तो छ मिनाले दिएको जाहेरीः
म कोठादेखि निस्की आई कस्लाई खोज्नुभयो भन्दा निजले छिटो ढोका खोल भनी मेरो पर्खालको गेट हानेकीले मैले मन्त्री आउनु भएको रहेछ भनी गेटको चाबी ल्याई गेट खुल्दासाथ निज मेरो घरमा आई ढोका खोली भित्र पसेपछि म पनि कोठामा आई के कामले आउनुभएको हो भन्दासाथ निज बिमला वलीले एकराज तेरो लोग्ने होइन मेरो लोग्ने हो तुरुन्त निकाल भनेपछि मैले मेरो श्रीमान घरमा हुनुहुन्न भन्दा साथ निजले एक्कासी मेरो कपाल समाती लुछी पल्टाई मलाई लात्ती मुरकीले हानी मेरो भिभो मोबाइल भित्तामा हानी फाली दिएपछि मैले तपाई मन्त्रीजस्तो पदमा बसेकी हुनुहुन्छ भन्दा पनि नमानी मेरो दराज समेत तोडफोड गरी मलाई अवशब्द प्रयोग गर्दै हातपात गरी राखेको अवस्थामा मेरी नाबालक छोरी एन्जीला बस्नेतले आमालाई नमारीदिनुस् भन्दै रोई कराई गर्दै छुट्याउन आएपछि छोरीलाई पनि समाती लछारपछार गर्दै हातपात गरी सकेपछि मैले हार गुहार माग्दा छिमेकीहरु आएपछि निजले आफ्नो अंगरक्षक राजेश हरीजनलाई साथमा लिई गएकी हुँदा जाहेरी दिन आएकी छु । प्रकरण ३ मा नाम उल्लेख भएकी बिमला वली हाल स्वास्थ्य मन्त्रीजस्तो उच्च ओहोदामा बसेकी मन्त्री मेरो घरमा आई मलाई अपशब्द प्रयोग गर्दै म माथि हातपात दराज तोडफोड र बिस्तरा समेत यत्रतत्र बनाई मेरो नाबालक छोरीमाथि पनि हातपात गरी अभद्र व्यवहार गरेकीले निज उपर हदै सम्मको कारबाही गरी पाउँ ।

एकराज र मीनाका एक छोरा र एक छोरी छन् भने वलीका पनि दुई छोरा रहेको बताइएको छ ।

नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उनी सोही क्षेत्रमा भएको उपनिर्वाचनमा विजयी भएकी थिइन् ।

नेकपा विभाजन भएपछि उनी नेकपा (माओवादी केन्द्र)तिर गएकी थिइन् ।




भर्खरै