७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

महासचिव शंकर पोखरेलले आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा उहाँहरूलाई स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्नेहरूमा आशिष रेग्मी र सञ्जय बराल हुनुहुन्छ । दुबै जना विवेकशील साझाको केन्द्रीय नेतृत्वमा रहेर आर्थिक विभाग लगायत विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

उहाँहरूलाई स्वागत गर्ने क्रममा महासचिव पोखरेलले पार्टी प्रवेशले एमालेप्रतिको आकर्षण निरन्तर रहेको कुरालाई पुष्टि गर्ने वताउनुभयो । एमालेले घोषणापत्र मार्फत मतदातामा आफ्नो नीति लैजाँदै गर्दा भावी नेतृत्वको सवाल पनि टुङ्ग्याएर जाँदा निर्वाचनपछि नेतृत्वको विषयले सिर्जना हुनसक्ने विवादको अन्त्य हुने विश्वास लिएको स्पष्ट गर्नुभयो ।

नेतृत्वको सवालमा पार्टीमा अन्तरसङ्घर्ष पेचिलो बन्ने गरेको विगत अनुभवबाट नीतिका आधारमा नेतृत्व स्थापित गर्ने मान्यतामा अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको र यसको जनतामा अत्यन्त सकारात्मक प्रभाव देखिएको महासचिवले बताउनुभयो ।

महासचिव पोखरेलले नवप्रवेशीहरूलाई योग्यता र क्षमता अनुसार पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो । उहाँले पार्टी प्रवेशबाट एमालेको निर्वाचनमा बहुमत हासिल गरी सरकार निर्माण गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नवप्रवेशी आशिष रेग्मीले विवेकशील साझा पार्टी जुन उद्देश्यले स्थापना गरिएको थियोे त्यो उद्देश्यबाट भड्केको हुँदा आफू पार्टी निर्माणमा योगदान गर्ने नितान्त सैद्धान्तिक पक्षलाई महत्व दिएर एमाले प्रवेश गरेको बताउनुभयो ।

त्यसैगरी अर्का नवप्रवेशी वरालले लोककल्याणकारी राज्य स्थापनाको मान्यता राख्ने वताउँदै त्यो एमालेबाट मात्र सम्भव रहेको निष्कर्षका साथ एमालेमा प्रवेश गरेको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा उपमहासचिव बिष्णु रिमाल पनि उपस्थित हुनुहुन्थ्यो ।