३० जेष्ठ २०८३, शनिबार
,
Latest
गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीलाई सनाखत गर्न निर्वाचन आयोगका पदाधिकारी कारागार जाँदै, कता लाग्लान् ?



file photo
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी जसपाका निलम्बित सांसद रेशम चौधरीको सनाखतका लागि डिल्लीबजार कारागारमा नै पुग्ने भएका छन् ।  पूर्व राजपाबाट निर्वाचित भएका निलम्बित सांसद चौधरीको सनाखतका लागि आयोगका पदाधिकारी सोमवार कारागार जान लागेका हुन् । 

चौधरीले जसपाका महन्थ ठाकुर, उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्नेमध्ये कुनै एक विकल्प जेलभित्रैबाट लिन सक्ने बताइएको  छ ।

यसअघि चौधरी ठाकुर नेतृत्वको राजपामा कार्यकारिणी सदस्य रहेका थिए । उनी कता लाग्छन् भन्ने टुंगो लागेको भने छैन  ।