२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?



अ+ अ-

काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।

खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा बुधबार खोप लगाउन पुगेकी २८ वर्षीय शारदा कुवँरले भनिन्, ‘खोप लगाउने क्रममा मलाई उमेर सोध्नुभयो अरू केही सोध्नुभएन अनि लगाइहाले ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्तिले खोप लगाउन मिल्दैन । यस्तै, यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएको व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाउन मिल्दैन ।

– १८ वर्षभन्दा कम उमेर
– पहिलो मात्रा लगाएपछि गम्भीर एलर्जी भएमा
– उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल
– हाल (खोप लगाउने समयमा) गम्भीर बिरामी भएको
– संक्रमणमुक्त भएको ३० दिनअघि
– खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया भएमा

यो समाचार राजधानी दैनिकमा छ ।