२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त प्रधानमन्त्री देउवाको पहिलो कदम- ‘चैतसम्म सबै नागरिकलाई खोप’



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मंगलबार साँझ नै पदभार ग्रहण गरे । पदभार ग्रहणपछि बसेको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज मसान्तसम्म एक तिहाइ नागरिकलाई खोप लगाउने र चैत मसान्तसम्म खोप लगाउनयोग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको जानकारी दिएका छन् ।

सरकारले कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई एक साताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न विशेष प्याकेज ल्याउने निर्णय गरेको छ ।

बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ भने सरकारको प्रवक्तामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीलाई तोकिएको छ । राजधानी दैनिक