२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुले सौराहाका होटल



अ+ अ-

भरतपुर । सौराहाका पर्यटकीय होटलले कोरोनाको कहरकै बीचमा सेवा दिन थालेका छन् । होटलको क्षमताअनुसार एक तिहाइसम्म पर्यटक राख्न पाउने जिल्ला प्रशासन कार्यालय चितवनको आदेशसँगै सौराहाका होटल सरसफाइ तथा रङरोगन गर्दै सेवा दिन थालेको क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । “हामीले कोभिड–१९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ,” महासचिव थपलियाले भन्नुभयो, “आन्तरिक पर्यटक आउने क्रम सुरु भएको छ । ”

सवारी साधन सञ्चालन सहज नभएको र नारायणगढ–मुग्लिन सडकमा पहिरो जारी रहेकाले तल्काल पर्यटक आवगमन कमै भए आउने क्रम भने सुरु भएको उहाँले जनाउनुभयो ।
सौराहाकै राम्रा होटलमध्येको एक ल्यान्डमार्क फरेस्ट पार्कका सञ्चालक ओमप्रकाश पाण्डे होटल खुलेको पहिलो दिनमै आफूहरूले १८ वटा कोठा बिक्री गरेको जनाउनुभयो । “पर्यटक आउन थालिसके, पहिलो दिनमै हामीले १८ वटा कोठा बेचेका हौँ,” सञ्चालक पाण्डेले भन्नुभयो ।

कोरोना कहरले थला परेका बेला बाढीबाट डुबान भएपछि सौराहाको सरसफाइ र रङरोगन गरेर होटल सञ्चालन ल्याइएको पनि उहाँले जनाउनुभयो । “लामो समय बन्द रहेका होटल सञ्चालनमा ल्याउन आवश्यक सरसफाइ, रङरोगन र मर्मतसुधारमा हामीले १५ लाख रुपियाँ खर्च ग(यौँ,” पाण्डेले भन्नुभयो । महासचिव थपलिया ठूला होटलको खर्च बढे पनि सबै होटलको सरसफाइ र मर्मतसुधार खर्च १५ लाख रुपियाँ नै नहुने बताउनुहुन्छ । “ठूला होटलको रङरोगन र सफाइमा उल्लिखित रकम खर्च भयो होला तर साना होटल एक लाख रुपियाँ मात्रै खर्च गरेर पनि सञ्चालनमा ल्याउने अवस्था छ,” उहाँले भन्नुभयो ।

अहिलेको अवस्थामा सौराहाका ११० वटा होटलले सरसफाइ तथा मर्मतसुधार र आवश्यकता अनुसारको सामान खरिदमा मात्रै १० करोड रुपियाँ खर्च गरेको उहाँले जनाउनुभयो ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै गत वैशाख १७ देखि सौराहाका ११० होटल बन्द थिए । होटल बन्द हँुदा छ हजारभन्दा बढी कर्मचारी पनि कामविहीन थिए ।

खोपको माग
क्षेत्रीय होटल सङ्घले कोरोनाको जोखिम न्यूनीकरण गर्न होटलमा अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई खोप उपलब्ध गराउन माग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र चितवनका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सङ्घले खोपको व्यवस्था मिलाउन आग्रह गरेको सङ्घका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो ।

घुमौँ सौराहा अभियान जारी
कोरोनाबाट थला परेको पर्यटन व्यवसाय उकास्न सौराहाका होटल व्यवसायीको छाता संस्था क्षेत्रीय होटल सङ्घले सञ्चालन गरिएको ‘घुमौँ सौराहा’ अभियान जारी छ । पर्यटकलाई विशेष छुटसहितको यस अभियानले विशेष त आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास होटल व्यवसायीमा छ । “हाम्रो उद्देश्य आन्तरिक पर्यटन विकासको माध्यमबाट कोरोनाले थला परेको चितवनको पर्यटनको विकासमा टेवा पुर्याओस् भन्ने हो,” अध्यक्ष भट्टराईले भन्नुभयो । गोरखापत्र दैनिक