२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन। पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भएकाले स्वीकृत शैय्याको कम्तीमा २० प्रतिशत बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न सबै अस्पताल (सरकारी, निजी, सहकारी र सामुदायिक) लाई निर्देशन दिएको छ। 

तर, संक्रमणको तेस्रो लहरमा भने डेल्टा र डेल्टा प्लस भेरियन्टको संक्रमणले बालबालिका प्रभावित हुने आँकलन विज्ञहरूले गरेका छन्। डेल्टा प्लसको संक्रमण नेपालसहित १० मुलुकमा पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं सूक्ष्म जीव विज्ञान विज्ञ डा। प्रकाश घिमिरेका अनुसार, पछिल्लो समय विश्वभर नै झण्डै ७० प्रतिशत संक्रमण डेल्टा र डेल्टा प्लसले गराएको छ। छिमेकी भारतमा तीव्र रूपमा संक्रमण गराइरहेको डेल्टा प्लसका संक्रमण नेपालमा पनि पाइएको छ। 

भारत, अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, जापान, पोर्चुगल, पोल्याण्ड, रुसलगायतका मुलुकमा देखा परिसकेको छ। भारतका १२ राज्यमा डेल्टा प्लसको संक्रमण पाइएको छ। जसमध्ये ८ वटा राज्यमा डेल्टा भाइरसका संक्रमितहरू बढ्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।