२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्खे अधिवेशनका लागि संसद् सचिवालयको तयारी सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेपछि संसद् सचिवालयले बैठकको आवश्यक तयारी गर्न लागेको हो।

कोरोनाको नयाँ भेरियन्टका कारण जोखिम भइरहेकाले त्यसलाई ध्यानमा राख्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको छ। गत पुस १७ देखि २६ गतेसम्म राष्ट्रिय सभाको अधिवेशन आह्वान भएपछि ६ महिनापछि बैठक बस्न लागेको छ। राष्ट्रिय सभाका सांसद धेरैजसो उपत्यकाबाहिर रहेका छन्। जसकारण समितिको बैठक पनि बस्न सकेको छैन। संसद् सचिवालयले सबै सांसदलाई अधिवेशन आह्वानको जानकारी विभिन्न माध्यमबाट गराउँदै आएको छ।  

यसअघि सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर तयारी थालेको थियो। बैठकमा एक सांसद र अर्को सांसदबीच दुई कुर्सी खाली राखी गरी सामाजिक दूरी कायम गरिएको थियो। संसद्मा प्रवेश गर्ने सांसदले अनिवार्य मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको थियो। त्यस्तै, सेनिटाइजरको प्रयोग गर्ने, हात नमिलाउनेदेखि विश्व स्वास्थ्य संगठनले तोकेका अन्य मापदण्ड कडाइका साथ पालना गराइने व्यवस्था गरिएको थियो। 

संसद् भवनबाहिर हात धुन साबुनपानीको व्यवस्था पनि गरिएको थियो। हात धोएपछि मात्र संसद् भवनमा प्रवेश दिइने व्यवस्था गरिएको थियो। ‘सांसदहरूको टेबलमा सेनिटाइजर अनिवार्य गरिएको छ र बोल्नुअघि माइक पनि अनिवार्य रुपमा सेनिटाइज गर्नुपर्ने व्यवस्था गरिएको थियो।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।