९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण गराउनु प्रदेश सरकारको उपलब्धी- मुख्यमन्त्री राउत (भिडियो)



अ+ अ-

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धी सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका बिकृति, बिसंगतिहरुलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको बताउनुभएको हो ।

उहाँले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरुलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताउनुभयो । यस अबधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायतका महत्वपूर्ण कामहरु गरिएको उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री राउतले भन्नुभयो – ‘समाजका रुपान्तरण गर्ने किसिमका अभियानहरु पनि सञ्चालन गरेका यहाँहरु देख्नुहुनेछ ।

निश्चित रुपमा समाजमा रहेका कुरिति, आर्थिक, समाजमा रहेका विभिन्न किसिमका विकृतिहरुलाई जबसम्म महिलालाई सशक्त बनाइदैनँ, दलितलाई मेनस्ट्रिममा ल्याइदैनँ, उत्पीडनमा रहेका समुदायहरुलाई जबसम्म अगाडी ल्याउँदैनौँ । निश्चित रुपमा यो समाजलाई रुपान्तरण गर्न सकिदैनँ । यसका लागि यहाँहरुलाई थाहा होला, बेटी पढाऔँ, बेटी बचाऔँ अभियान हामी शुरु ग¥यौँ । छोरी शिक्षा विमाका कार्यक्रम ल्यायौँ बिचमा कोभिडको कारणले केही समय यो स्थगित रहेको थियो । तर अहिले फेरी हामी सञ्चालन गर्ने क्रममा छौँ । साइकल वितरण गर्ने कार्यक्रम पनि हामी सञ्चालन गर्यौँ। लोकसेवाका कक्षा सञ्चालन पनि गर्यौँ ।’

उहाँले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफल भ्रमण गराउनु र  भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धी भएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत् ल्याइएका नीति, कार्यक्रम र योजनाहरुलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताउनुभयो । मधेश प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उहाँको भनाई छ ।