२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्मअप खेलमा ओमानद्वारा नेपाललाई २६८ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अन्तिम वार्मअप खेलमा ओमानले नेपाललाई जितको लागि २६८ रनको लक्ष्य दिएको छ ।

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले ४९.२ ओभरमा अलआउट हुदै २६७ रन बनायो । ओमानको योगफलमा कप्तान जिशान मकसुदले सानदार शतक प्रहार गरे। उनले १०६ बलमा १५ चौका र १ छक्कासहित १०९ रन बनाए । एक समय ६.२ ओभरमा ७/४ को दयनीय अवस्थामा पुगेको ओमानलाई मकसूदले खेलमा फर्काएका थिए ।

यस्तै, आयन खानले ४६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए । शोएब खानले ३८ रन बनाउदा सन्दीप गौड १५ र जतिन्दर सिंह ५ रन बनाए ।

नेपालको लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए । उनले ९।२ ओभरमा २ मेडनसहित ५७ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै, स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिदा करण केसीले ६ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । प्रतिश जिसीले ५ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।




भर्खरै