२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बृहत् समाजवादी मोर्चा निर्माणमा नेसपा सामेल हुन्छ– डा बाबुराम



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले बृहत् समझदारी मोर्चामा आफ्नो पार्टी सामेल हुने बताउनुभएको छ।

नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा बन्न लागेको समाजवादी मोर्चामा डा भट्टराई नेतृत्वको समाजवादी जनता समाजवादी पार्टी (जसपा) का कारण आउन आनाकानी गरिरहेको टिप्पणी भइरहेका बेला उहाँले मोर्चामा सामेल हुने स्पष्ट गर्नुभएको हो ।

मोर्चामा माओवादी केन्द्रसँगै जसपा, नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध हुने करिब निश्चित जस्तै छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै डा भट्टराईले भन्नुभएको छ, “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हालैको भारत भ्रमण, संघीय बजेट, शान्ति प्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विविध विषयमा विहङ्गम कुराकानी भएको छ । देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव भएसम्म सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ। बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह छ।”




भर्खरै