२६ असार २०८३, शुक्रबार
,
Latest
ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको दीर्घकालीन रणनीति तयार गरिँदै



अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिर्वतन कम गर्नका लागि दीर्घकालीन रणनीति तयार गरिरहेको बताउनुभएको छ । दक्षिण एशियाली मुलुकको मन्त्रीस्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री आलेले भन्नुभयो, “कृषिलगायत विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहोरले वातावरण, जैविक विविधता तथा मानव स्वास्थ्यमा असर पारिरहेको छ, यसको असर कम गर्न एकिकृत नाइट्रोजन व्यवस्थापन रणनीति बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।” नेपाल जलवायु परिर्वतनको दृष्टिकोणले जोखिममा रहेको बताउनुहुँदै मन्त्री आलेले जलवायु परिर्वतनको मुद्दालाई सम्बोधन गर्न नेपालले गरिरहेका कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले पेरिस सम्झौता बमोजिमको प्रतिबद्धताअनुरुप नेपाल सरकारले हालसम्म गरेका कार्य पनि उक्त कार्यक्रममा स्मरण गर्नु भएको थियो । 

सन् २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य तय गरिएको र विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्न सकिनेसमेत मन्त्री आलेको विश्वास व्यक्त गर्नुभयो । उहाँले थप भन्नुभयो, “नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता छ ।” जलवायु परिर्वतनसम्बन्धी २६औँ सम्मेलनमा प्रभावकारी सहभागिता जनाउन नेपालले गरिरहेको पूर्वतयारीबारे मन्त्री आलेले जानकारी दिनुभयो । 

विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहर सन् २०३० सम्ममा आधा कटौती गर्न अघि बढाइएको कोलोम्बो घोषणाले तय गरेका उद्देश्य प्राप्तिका लागि साझा प्रयास आवश्यक भएको भन्दै उहाँले यसका लागि संयुक्त वातावरण विकास साझेदार तथा सबै सदस्य राष्ट्रलाई एकजुट भएर सहकार्य गर्नसमेत आग्रह गर्नुभयो । 




भर्खरै