काठमाडौ । नेकपा एमालेका नेता बिष्णु रिजालले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णयमा अलमल गरेको भन्दै माओबादी केन्द्र प्रति कटाक्ष गर्नुभएको छ ।
केही समय अघि मात्र केपी ओली समूहमा फर्कनु भएका नेता रिजालले माओवादी निर्णय प्रति व्यंग्य गर्दे लेख्नु भएको छ–माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएछ । मैले नबुझेको–वस्तुत यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र?
माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएछ । मैले नबुझेको- वस्तुत: यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र?
— Bishnu Rijal (@bishnurijal1) April 21, 2021












