काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवलाई दिने भएको छ ।
निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिनुभएपछि रिक्त रहेको पदमा पूर्वमहान्यायाधिवक्ता समेत रहनुभएका यादवलाई जिम्मेवारी दिइएको हो ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले यसबारे निर्णय गरेको थियो ।












