१ असार २०८३, सोमबार
,
Latest
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वास्तविकताका आधारित बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव



अ+ अ-

काठमाडौ ।  पूर्वअर्थमन्त्रीले वास्तविकताका आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर मंगलबारआयोजना गर्नुभएको छलफलमा उहाँहरुले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको बजेट ल्याउन आग्रह गर्नुभयो । 

यस्तै ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्न तथा खर्च कटौतीलाई विशेष ध्यान दिन र कोरोनाका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिने गरी बजेटको विनियोजन गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीहरुको जोड थियो । आकारका आधारमा ठूलो बजेटभन्दा पनि विशेषगरी धरातलीय यर्थाथतालाई सम्बोधन गर्न तथा लोकप्रियताको नाममा कार्यान्वयन नहुने खालका कार्यक्रम नराख्नसमेत उहाँहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

राज्यकोषमा थप दायित्व थपिने खालका कार्यक्रम नल्याउन आग्रह गर्दै उहाँहरुले कोरोना प्रभावित मुलुकको अर्थतन्त्रको खास अर्थमा सम्बोधन गर्ने कार्यक्रम समावेश गर्न अनुरोध गर्नुभयो । समयमा नै बजेट आए पनि पूँजीगत खर्च हुन नसकेको अवस्थालाई मध्यनजर गरेर त्यसमा विशेष ध्यान दिन तथा आर्थिक पुनःरुत्थानका खास प्याकेज ल्याउन पूर्वअर्थमन्त्रीहरुले आग्रह गर्नुभएको थियो । छलफलमा पूर्वअर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, वर्षमान पुन र शङ्कर कोइरालाको सहभागिता थियो । 

छलफलमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा सरकारले समावेश गर्नुपर्ने विषयमा सुझाव दिन आग्रह गर्नुभएको थियो । सो अवसरमा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गाना र अन्य वरिष्ठ अधिकारीको उपस्थिति थियो ।