बागलुङ । जिल्लाको बागलुङ नगरपालिकामा रहेको एक विद्यालयमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनताधन माध्यमिक विद्यालयका शिक्षक र बिद्यार्थी गरि ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङले ९८ जनाका स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि भएका सबै होम आईसोलेशनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण देखिएको यस बिद्यालय भोलीबाट बन्द गर्ने शिफारिस गरिएको छ । यस अघि पनि यहाँ विभिन्न विद्यालयमा ३५ जना बिद्यार्थीमा कोरोना संक्रमण पाइएको थियो ।












