२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपद्वारा राष्ट्रिय टिमबाट नाम फिर्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखलामा भाग नलिने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना हुँदैछ । उक्त प्रतियोगिताका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।

तर, सन्दीपले भने प्रतियोगिता नखल्ने निर्णय लिएका छन् ।

‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद । अर्को भेट नभए सम्मका लागि ।’ सन्दीपले सामाजिक सञ्जालमा भनेका छन् ।