१ असार २०८३, सोमबार
,
Latest
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकः के-के भयो निर्णय ? (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) ले कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नको निम्ति नेतृत्व गरेको भन्दै माधवकुमार नेपाल सहित ८ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा९एमाले० दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले यस अघि सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको र कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नका लागि नेतृत्व गरेको भन्दै नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दुई दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । त्यसैगरी कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पनि स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदिप कुमार ज्ञवालीले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टी ह्वीपको उल्लंघन गर्ने ४ जना प्रदेश सभा सदस्यसहित अस्ति स्पष्टिकरण सोधेर चित्तबुझ्दो स्पष्टिकरण नदिनुभएका र हाल निलम्बनमा पर्नुभएका तर कर्णाली प्रदेशमा त्यो ढङ्गको अनुशासनहिन गतिविधि गर्नका निम्ति नेतृत्व गर्नुहुने ४ जना नेताहरुलाई थप दुई दिनको समय राखेर स्पष्टिकरण सोध्ने समेत पनि निर्णय यो बैठकले गरेको छ ।’

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै जुनसुकै बेला निर्वाचनमा जानुपर्ने भएकाले त्यसकानिम्ति तयार रहन पार्टीपंक्तिलाई आव्हान गर्नुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकले बिभाजनकारी गतिविधिमा लागेका नेता, कार्यकर्तालाई त्यस्ता गतिविधि बन्द गरी पार्टीमा फर्किन समेत आग्रह गरेको छ । ज्ञवालीले भन्नुभयो ‘कुनैपनि बेला निर्वाचनमा जानुपर्ने भएका कारणले त्यसकालागि तयार हुनको निम्ति पार्टी पंक्तिलाई आव्हान गरेको छ । विभाजनकारी गतिविधिमा लागेका साथीहरुलाई ति गतिविधिहरु बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरी पनि फर्किनको निम्ति आव्हान गरेको छ । नफर्के कारबाहीको विषय बन्ने कुराहरुलाई उल्लेख गरिएको छ ।’

महासचिव ईश्वर पोखरेलले पेश गरेको सङ्गठनात्मक प्रतिवेदन पनि बैठकले पास गरेको छ । प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउनको निम्ति ६ महिने कार्ययोजना बनाइएको जसअनुसार जेठ मसान्तसम्म प्रदेशदेखि पालिकासम्मका सबै कमिटीको पुर्नगठन गर्ने, असार मसान्तसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने, भदौमा वडा, पालिका र जिल्ला अधिवेशन गर्ने, असोजमा प्रदेश अधिवेशन गर्ने र मंसिरमा पार्टीको महाधिवेशन गर्ने सङ्गठनात्मक कार्यतालिका रहेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । महाधिवेशन आयोजक कमिटीको अर्को बैठक बैशाख १० गते बस्ने निर्णय पनि बैठकले गरेको छ ।