२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण फिल्म ‘कोर्ट’का अभिनेता साथीदारको निधन



अ+ अ-

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ । 

हालै भारतीय राष्ट्रिय पुरस्कार विजेता अभिनेता वीरा साथीदारको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको नागपुरको एम्स अस्पतालमा सोमबार निधन भएको हो । 

उनको निधनले फिल्म इन्डस्ट्री शोकमा डुबेको छ । उनलाई गत हप्ता कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनको जानकारी ‘कोर्ट’ फिल्मका निर्देशक चैतन्य ताम्हाणेले दिएका हुन् । 

वीरा साथीदारलाई २०१५ मा रिलिज भएको फिल्म ‘कोर्ट’बाट राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । यस्तै ओस्कार अवार्डका लागि उक्त फिल्म भारतबाट चुनिएको थियो ।